जेठ ०६, २०८१, आइतबार
               

आइतबार एक सय दुईजना डिस्चार्ज

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा एकैदिन एक सय दुईजना कोरोनालाई जिती डिस्चार्ज भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले आइतबार विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका जानकारी दिएका हुन् । 

योसँगै नेपालमा कोरोनालाई जिती डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको छ । 

कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रुपमा बढ्दै जाँदा केही हदसम्म निराशाबाट बच्ने आकलन गरिएको छ । 

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले आइतबार कोरोनालाई जिती डिस्चार्ज हुनेमा दुई महिला र १०० पुरुष रहेको बताए । 

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको छ । तीमध्ये पुरुष ३९९ र महिला ६८ जना छन् । 

उनीहरुमध्ये धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना छन् । ती सबै झापाका हुन् । त्यस्तै बाराका ३४ र महोत्तरीका एकजना छन् ।  

बुटवल कोरोना अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । 

उनीहरु रुपन्देही र कपिलवस्तुका हुन् । कोरोना विशेष अस्पताल दाङबाट बाँके बर्दिया र कपिलवस्तु र दाङका १० जना डिस्चार्ज भएका छन् । 

रौतहट गौरबाट सबै रौतहटका १८ जनाले कोभिड जितेर घर फर्किएका छन् ।


कस्तो लाग्यो ?

यो पनि