जेठ ०४, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ५४ पुग्यो

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ५४ जना पुगेको छ । थप १६ जनामा कोरोना संक्रमण देखिएपछि गण्डकी प्रदेशमा संक्रमित संख्या ५४ पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार आज भेटिएका संक्रमितमा बाग्लुङ स्याङ्जा, पर्वत र म्यादीका रहेका छन् ।

बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुष र १ जना महिला, वडीगाड गाउँपालिका ठेगाना भइ सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका ४ जना पुरुष र गल्कोट नगरपालिका ठेगाना भइ सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका ३ जना पुरुष गरी जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

साथै, स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका ठेगाना भइ सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

पर्वत जिल्लाको फलेबास नगरपालिका ठेगाना भइ कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुष र सोहि जिल्ला बिहादी गाउँपालिका ठेगाना भइ कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै, म्याग्दी जिल्लाको मंगला गाउँपालिका ठेगाना भइ सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।   


कस्तो लाग्यो ?

यो पनि