बैशाख २६, २०८१, बुधबार
               

आरडीटी परीक्षण नगरी घर जान पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । रौतहटमा आरडीटी गरिरहेको अवस्थामा स्वास्थ्यकर्मी कुटिएका छन् । 

राजपुर नगरपालिका–९ स्थित एक क्वारेन्टिनस्थलमा स्वास्थ्यकर्मी कुटिएका हुन् । 

राजपुरको बैरियास्थित ठूलो मदरसा क्वारेन्टिनमा बसेका व्यक्तिको आक्रमणबाट दुईजना स्वास्थ्यकर्मी घाइते भएका छन् ।

पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि संक्रमतिसँगै केही दिन बसेकाले आरडीटी परीक्षण गराएर मात्रै घर पठाउने तयारीस्वारुप आरडीटी भइरहेका बेला त्यसको विरोधस्वरुप आरडीटी नगरी घर जान पाउनुपर्ने भन्दै उनीहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बताइएको छ ।

आक्रमणबाट घाइते हुनेमा सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह रहेका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । 

जिल्लाले क्वारेन्टिनमा बसेकाहरूको आरडीटी परीक्षणका लागि तीन जना स्वास्थ्यकर्मीसहित नौजनाको टोली खटिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि