जेठ ०६, २०८१, आइतबार
               

कोरोनाविरुद्ध जनचेतनामूलक समाचार सामग्री प्रवाह गर्ने ३० पत्रकारलाई सम्मान गरिने

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाविरुद्ध चेतनामूलक सामग्री प्रवाह गर्ने ३० पत्रकारलाई सम्मान गरिने भएको छ । 

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र अस्ट्रेलियन नेपोजिल जर्नलिस्ट एसोसिएसनको सहकार्यमा सो सम्मान गर्न लागिएको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले जारी गरेको सूचनामा उल्लेख छ ।  

जोखिमका बाबजुट अग्रपंक्तिमा रहेर जनचेतनामूलक समाचार सामग्री प्रवाह गर्ने ३० पत्रकारलाई सम्मानपत्रसहित १० हजार रुपैयाँसहित सम्मान गर्ने जनाइएको छ । 

सो सूचनामा सात प्रदेश, उपत्यका प्रतिष्ठान तथा क्यामेरामेन र फोटोपत्रकार गरी १० क्षेत्रबाट ३/३ जनाका दरले सम्मान गर्ने उल्लेख छ । 

जसका लागि फागुनयता लेखिएका कम्तिमा ३ वटा समाचार र बायोडाटा जेठ मसान्तसम्म नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको कार्यालयमा पठाउनुपर्ने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि