जेठ ०४, २०८१, शुक्रबार
               

झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

काठमाडौं ।  प्रदेश १ सामाजिक विकास मन्त्रालयले कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । 

कोरोना पुष्टि हुनेमा सबै झापाका रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्राले कोशीमा परीक्षण गर्दा २७ जनामा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा भद्रपुरका एक पुरुषमा संक्रमण देखिएको बताइन् । 

झापाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा संक्रमितको संख्या १५८ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि