काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा नेपालमा थप २८ जनाले कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएको जनाएको छ ।
प्रवक्ता विकास देवकोटाले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार यस्तो बताएका हुन् ।
बुधबार २८ जना डिस्चार्ज भएसँगै कोरोना भाइरसलाई जित्नेको संख्या १८३ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा कोरोनालाई जिती डिस्चार्ज हुनेमा पर्साका २१ जना, कोसी अस्पतालको आइसोलेसनमा उपचाररत ४ जना, बाँकेका २ जना र बर्दियाका एक जना रहेका मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
हालसम्म नेपालमा कोरोनाबाट चार जनाको मृत्यु भएको छ ।