मंसिर ०७, २०८१, शुक्रबार
               

सुर्खेतमा मंगलबार थप १२ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

सुर्खेत । सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । 

मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित आठजना,  भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई÷दुईजना पुरुषमा कोरोना पुष्टि भएको बताइएको छ ।

त्यसैगरी, पूर्वी सुर्खेतको  भेरीगंगा नगरपालिका–८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता गाउँपालिका–४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

वीरेन्द्ररनगर नगरपालिका–१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र नौ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष,  वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको बताइएको छ ।

योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि