काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ ४ गते कोरोना संक्रमणबाट मृत्यु भएका बाराका कलैया ७ का ७० वर्षीय वृद्धको सम्पर्कमा पुगेका ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार मृतकको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको जनाएका हुन् ।
स्वासप्रश्वासमा समस्या देखिएपछि जेठ २ गते उक्त वृद्धलाई नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
यसैबीच वीरगन्जस्थित नेशनल मेडिकल कलेजको आईसीयु र इमरजेन्सीकक्ष सिल गरी सो अस्पतालमा कार्यरत ५० डाक्टर तथा कर्मचारीलाई क्वारेन्टाइनमा पठाइएको छ ।