बैशाख २३, २०८१, आइतबार
               

संक्रमितको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । संक्रमितको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको छ । 

कोरोना संक्रमितको सम्पर्कमा रहेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –१ स्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । 

गुल्मी मदानेका कोरोना संक्रमित शिक्षकले उपचार गराएको खुलेपछि क्लिनिकका स्वास्थ्यकर्मीको स्वाब जाँचका लागि पठाइएकोमा बिहीबार सबै स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा कपिल गौतमले बताए । 

ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि पोलिक्लिनिकमा आएका संक्रमित पुरुष  उपचार सम्भव नभएपछि यही जेठ १ देखि  रुपन्देहीको क्रिमसन अस्पतालमा भर्ना भएकामा थिए । 

यो पनि