मंसिर ०७, २०८१, शुक्रबार
               

चीनबाट सेनाले ल्यायो १८.८ टन स्वास्थ्य सामग्री

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । 

सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले आज बिहान काठमाडौं ल्याएको हो । 

स्वास्थ्य सामग्री बोकेर आएको निगमको वाइड बडी जहाज आज बिहान ९ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज सोमबार राति ग्वाङ्जाओ उडेको थियो ।

ग्वाङ्जाओबाट १८.८ टन स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । 

ती स्वास्थ्य सामग्रीमा पिपिइ, एन–९५ मास्कलगायत रहेका छन् । सेनाले यसअघि शनिबार स्थलमार्गबाट १० कन्टेनर स्वास्थ्य सामग्री ल्याएको थियो । 

सेनाले जम्मा ३४३ टन स्वास्थ्य सामग्री ल्याउनेछ । त्यसमध्ये जहाजमार्फत ४७.५ टन र बाँकी सडकमार्गबाट ल्याउनेछ । 

सेनाले पहिलोपटक जहाजमार्फत स्वास्थ्य सामग्री ल्याएको हो ।

यो पनि