जेठ ०७, २०८१, सोमबार
               

कोरोनाबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुमा कोरोना नेगेटिभ

नेपाल फ्ल्यास
जेठ ०५, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । कोरोनाबाट  मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाका १३ दिने शिशुसहित परिवारका चार जना सदस्यको काेराेना परीक्षिणमा रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

ती महिलाको मृत्यु भएर कोरोना भएको पुष्टि भएपछि शिशुसहित परिवारका चार जना सदस्यलाई आइसोलेसनमा राखिएको थियो।परिवारका बाँकी सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी रहेका छन् ।

नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको स्रोतले जनाएको छ । सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका– ९ राम्चे घर भएकी महिलाको गत बिहीबार साँझ धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि