जेठ ०६, २०८१, आइतबार
               

कोरोना संक्रमित पत्रकारको संख्या पाँच पुग्याे

नेपाल फ्ल्यास
जेठ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । बाराका पत्रकारमा पनि कोरोना संक्रमण भएको पाइएको छ । गत सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको  थियाे ।

बारास्थित करैयामाईका ती व्यक्ति पत्रकार भएको बुझिएको छ भने उनी बाराका पाँचौँ कोरोना संक्रमित रहेका छन् । यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि