जेठ ०७, २०८१, सोमबार
               

र्‍यापिड टेस्टमा काठमाडौं महानगरका ३१ जनामा कोभिड पोजेटिभ

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग मातहतमा रहेका ३१ जनामा कोरोना संक्रमणको आशंका देखिएको छ । उनीहरूको र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएकोले उनीहरू संक्रमित भएको अन्तिम पुष्टि भने यो होइन ।

विभागका ९३४ जना कर्मचारीमध्ये ६६४ जनाको आरडिटि (र्‍यापिड डाइग्नोष्टिक टेस्ट) र २६८ जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन) विधिबाट कोरोना भाइरस परीक्षण गरिएको छ । यसमध्ये आरडिटि (र्‍यापिड डाइग्नोष्टिक टेस्ट) परीक्षण गरिएकामा १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएको छ । त्यसमध्ये ३ जना महिला स्वास्थ्य स्वयम्सेविका छन् ।

आरडिटी परीक्षणमा पोजेटिभ नतिजा देखिएका कर्मचारीहरूको पिसिआर परीक्षण गरिसकिएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले परीक्षण गराएको हो ।

सफाइमा काम गर्ने कर्मचारीमध्ये बढी उमेरका, दीर्घ रोगको औषधि खाइरहेका र कमजोरहरूलाई पिसिआर विधिबाट परीक्षण गरिएको थियो भने अन्य कर्मचारीहरूलाई आरडिटी परीक्षण गरिएको थियो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले परीक्षणको निरीक्षण गरेका थिए ।

आज शुक्रबार गरिएको आरडिटी मात्र हो । यसको नतिजालाई कोरोना मान्न सकिँदैन । नजितापछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने- 'पिसिआरको नतिजा आएपछि क—कसको परीक्षण गर्ने हो भन्ने निर्णय लिन्छौँ । हामी परीक्षणको दायरा बढाउने, जोखिम आकलन गर्ने र सम्भावित व्यक्तिहरूको ट्रेसिङ गर्ने चरणमा छौँ ।'

परीक्षणमा पोजेटिभ नतिजा आएकाहरूलाई टेकुस्थित वातावरण व्यवस्थापन विभागको भवनमा क्वारेनटाइनमा राखिएको विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । आरडिटी परीक्षणमा पोजेटिभ हुनु कोरोना हुनु होइन । उहाँहरूको पिसिआर विधिबाट परीक्षण गरेका छौँ । यसको नतिजा आएपछि थप निर्णय गर्छौ,' विभागका प्रमुख श्रेष्ठको भनाइ छ ।  

हिजो बिहीबार कालीमाटी तरकारी बजारमा गरिएको पिसिआर र आरडिटिबाट पोजेटिभ आएकाहरूको पिसिआर परिणाम आइसकेको छैन । परीक्षणको परिणाम र आगामी सतर्कताबारे प्रतिक्रिया दिँदै जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र विलास बज्राचार्य भने- 'परीक्षण दायरा बढाउने र सम्भावित जोखिम घटाउने दिशामा महानगरले काम गरिरहेको छ ।' 

वातावरण व्यवस्थापन विभाग मातहतका ९४५ जना कर्मचारीमध्ये ७३० कुचीकार छन् । त्यसमध्ये ४९३ जनालाई वडा कार्यालयहरूबाट सरसफाइमा खटाउने गरिएको छ भने १६० जनालाई विभागले मूल सडकलगायत अन्य सार्वजनिक स्थलको सफाइमा खटाउने गरेको छ । वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेलकारअनुसार शंखपार्कमा ३ जना, सभागृहमा ७ जना, बागदरबार १० जना, शंखधर उद्यानमा १७ जना, वसन्तपुरमा १३ जना, बालाजु पार्कमा २७ जना र ल्यान्डफिल साइट व्यवस्थापनमा ९ जना कर्मचारी छन् ।

विभागमा प्रशासनिक र प्राविधिक गरी टेबुलमा काम गर्ने १५ जना, मेकानिकल शाखामा ३० जना र १७ जना नगर प्रहरी छन् । यसैगरी भारी सवारी चालक ४२ जना र हलुका सवारी चालक ६१ जना छन् ।

यो पनि