जेठ ०७, २०८१, सोमबार
               

प्रदेश-५ : ९५  कोरोना संक्रमित, व्यवस्थापनमा समस्या

रासस
जेठ ०१, २०७७

सांकेतिक तस्विर
ADVERTISEMENT

रुपन्देही । प्रदेश नं ५ मा कोरोना (कोभिड–१९) संक्रमित बढ्दै गएको छ ।  जिल्लाका ९५  नागरिकमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आजसम्म रुपन्देहीमा २८, कपिलवस्तुमा ४०, बाँकेमा २५ तथा नवलपरासी र बर्दियामा एकएकजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए । संक्रमितको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । 
प्रवक्ता चौधरीका अनुसार बाँकेको सुशील कोइराला प्रखर परोपकार क्यान्सर अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । यस्तै  बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ३६ र भैरहवाको भीम अस्पतालमा १९ संक्रमितको उपचार भइरहेको छ । रुपन्देहीका एक जना कोरोना संक्रमित भने उपचारपछि निको भई घर फर्किएका छन् ।  

अधिकांश संक्रमित रोजगारीका लागि भारत गएका र लुकिछिपी आएकाहरु छन् । बन्दाबन्दीमा पनि रोजगारीका लागि गएकाहरु लुकिछिपी स्वदेश फर्कन थालेपछि प्रदेशका सीमावर्ती क्षेत्र उच्च जोखिममा देखिएका छन् । रुपन्देही, कपिलवस्तु र बाँकेका सीमाबाट अहिले पनि नागरिक भित्रिरहेका छन् । यसबाट यहाँका नागरिकमा त्रास बढेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि