जेठ ०६, २०८१, आइतबार
               

त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा
बिरामी बालिकामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

फाइल फाेटाे
ADVERTISEMENT

काठमाडौं । महारजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालका चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जानकारी दिएको हो ।

न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । कपिलवस्तुबाट उपचारका लागि बालिकालाई शिक्षण अस्पताल काठमाडौं ल्याइएको थियो ।

यसैबीच, न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई पनि गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको  अस्पतालले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि