जेठ ०७, २०८१, सोमबार
               

गाउँपालिकालाई चीनकाे सहयोग

रासस
बैशाख ३०, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई चीन सरकारले स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड–१९ संक्रमण रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले चिनियाँ अधिकारीले गाउँपालिकाका उपाध्यक्ष दावुटी शेर्पालाई तातोपानीको सीमापुलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

हस्तान्तरण गरिएका सामग्रीमा एन ९५ दुई हजार थान, सर्जिकल मास्क पाँच हजार थान, पिपिई दुई थान, थर्मल गन पाँच थान, मर्करी थर्मोमिटर ५० थान र आइसोलेशन गाउन २०० थान छन् ।  चीनको सिमानामा पर्ने पालिकालाई छिमेकीको नाताले सहयोग गरिएको र निकट भविष्यमा पनि यस प्रकारको सहयोग गरिने खासा प्रशासन, नेलम जिल्लाका वैदेशिक विभाग निर्देशक  यन्जिन लामोले  बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि