बैशाख २७, २०८१, बिहीबार
               

नेपालमा १०७ जनाको आइसोलेसनमा उपचार हुँदै

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपालमा कोरोना संक्रमणको आशंकामा एक सय सात जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी गराएका हुन् । ‘काठमाडौं उपत्यकामा चार र बाहिर एक सय तीन गरी कुल एक सय सातजनाको आइसोलेसनमा उपचार भइरहेको छ,’ प्रवक्ताले भने । 

नेपालमा कोरोना संक्रमितको कुल संख्या मंगलबारसम्ममा ५४ पुगेको छ । मंगलबार रौतहटका २४ र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । 

कुल ५४ कोरोना संक्रमितमध्ये हालसम्म १६जना उपचारपछि घर फर्किएका छन् भने अन्य बाँकीको फरक–फरक अस्पतालमा उपचार भइरहेको छ । 

अहिलेसम्म कुल ५४ हजार आठ सय २६ मा परीक्षण गरिएको छ । तर, पीसी विधिबाट १० हजार आठ सय सात र आरडिटी विधिबाट ४४ हजा १९ नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले बताए । 

पछिल्लो २४ घन्टामा एक हजार एक सय ९३ नमुना परीक्षण गरिएको पनि उनले जानकारी दिए । 

साथै, उनले हाल देशभर २२ हजार ९९ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । 

‘प्रदेश नम्बर ५ मा सबैभन्दा बढी १२ हजार एक सय ६४ जना क्वारेन्टाइनमा रहेका छन्,’ प्रवक्ता देवकोटाले भने, ‘प्रदेश नम्बर १ मा दुई हजार दुई सय ८८, प्रदेश नम्बर २ मा एक हजार पाँच सय १२ छन् ।’

त्यसैगरी उनले बागमती प्रदेशमा ३ सय ६१ र गण्डकी प्रदेशमा ६ सय ७६ जना र कर्णाली प्रदेशमा एक हजार तीन सय नौ र सुदूरपश्चिम प्रदेशमा एक हजार तीन सय नौजना क्वारेन्टाइनमा रहेको बताए ।

यो पनि