कात्तिक ३०, २०८१, शुक्रबार
               

जनकपुर प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण बन्द

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

काठमाडौं । जनकपुर प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण शुक्रबारदेखि बन्द भएको छ । 

सर्लाहीका १४ वर्षीय किशोरको रिपोर्ट उक्त पिसिआर मेसिनले नेगेटिभ देखाएको तर, काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएपछि परीक्षण बन्द भएको हो ।  

‘सर्लाहीको किशोरको घटनाले मेसिनमाथि आशंका उत्पन्न भएकाले आजबाट कोरोना परीक्षण नगर्ने निर्णय गरेका छौँ,’ जनकपुर प्रयोगशालाका इन्चार्ज रामविनय साहले भने । 

तर, उनले हालसम्म १०० भन्दा बढीको परीक्षण भएको र ती सबैको रिपोर्ट नेगेटिभ आएको बताए । 

त्यही मेसिनले नेगेटिभ देखाएका सर्लाहीको धनकौल गाउँपालिका–५ हरकटवा बस्ने १४ वर्षीय बालकमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ ।

किशोरको गत ६ गते सर्लाहीको हरकटवा क्वारेन्टाइन र जनकपुरधामको प्रादेशिक अस्पतालमा गरिएको ¥यापिड टेस्टमा पोजेटिभ देखिएको थियो । 

प्रादेशिक अस्पतालमा रहेको पिसिआर (स्वाब टेस्ट) मेसिनमा नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

प्रादेशिक अस्पतालको पिसिआर टेस्ट नेगेटिभ आएपछि आइसोलेसनबाट फिर्ता गरिएका बालकलाई  भने हरकट्वास्थित गाउँपालिकाको क्वारेन्टाइनमा नै राखिएको थियो । पुनः राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

चैत २३ गते भारतको नयाँदिल्लीबाट उनी गाउँ हरकट्वा आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि