मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना रिपोर्ट नेगेटिभ

रासस
बैशाख ०९, २०७७

ADVERTISEMENT

काठमाडाैं । सप्तरीका ७१ वर्षीय ज्येष्ठ नागरिकको पीसीआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट  नेगेटिभ आएको छ । 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको  रिपाेर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालले जानकारी दिएको छ । 

सप्तकोशी नगरपालिका–१ मा शनिबार ७४ जनाको आरडिटी परीक्षण गरिएको थियो ।  राजविराज अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले आइतबार राति धरान पठाइएको २२ जनाको स्वाबको परीक्षण गर्दा २१ जनाको नेगेटिभ आएको  र एक जनाको रिपोर्ट आउन बाँकी रहेको बताए । 

एक साताअघि पनि आरडिटी प्रविधिमार्फत एन्टिबडी परीक्षण गर्दा दुईजनाको रिपोर्ट पोजेटिभ देखिएकामा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको थियो । योसँगै सप्तरीमा हालसम्म गरिएको ४० वटा स्वाब परीक्षणमा ३९ जनाको नेगेटिभ आएको छ, एउटा रिपोर्ट आउन बाँकी छ ।  कञ्चनरूप नगरपालिका–२ र सप्तकोशी नगरपालिका–१ स्थित मस्जिदमा आरडिटी परीक्षण तीव्र बनाइएको छ । हालसम्म सप्तरीमा ४८ं० जनाको आरडिटी परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि