मंसिर ०७, २०८१, शुक्रबार
               

लमजुङबासीको आइसियू सपना पूरा हुँदै

रासस
बैशाख ०९, २०७७

ADVERTISEMENT

लमजुङ । लमजुङबासीको सघन उपचार कक्ष (आइसियू) सपना पूरा हुने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बेंसीशहर नगरपालिका ८ स्थित  लमजुङ जिल्ला सामुदायिक अस्पतालमा आइसियु, भेन्टिलेटर र डायलोसिस सेन्टरको व्यवस्थापन गर्ने भएसँगै जिल्लावासीको सपना पूरा हुने भएको हो ।

समितिले सो व्यवस्थापनका लागि संघीय र गण्डकी प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको र जतिसक्दो छिटो आइसियूको व्यवस्थापन गर्नेतर्फ लागिपरेको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए ।

उनले भने, 'नेपाल सरकारले चाइनाबाट सामग्री ल्याउन लागेको छ, सो सामग्री मध्य जिल्लामा पनि माग गरेका छौंँ । '

यतिबेला कोरोना भाइरस संक्रमणको जोखिमका कारण संक्रमितलाई राख्नका लागि  आइसियू महत्वपूर्ण भएकाले अस्पताल व्यवस्थापन समितिले समेत आइसियूको माग सरकारसँग गरिसकेको अस्पतालका प्रमुख प्रकाशकीय अधिकृत हेमन्त श्रेष्ठले बताए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि