बैशाख २३, २०८१, आइतबार
               

यूएनएफपीएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

काठमाडाैं । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)ले नेपाललाई एक हजार दुई सय व्यक्तिगत सुरक्षा कवच (पीपीई) र हस्तान्तरण गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको अथक प्रयासस्वरुप उक्त सहयोग यूनएपीले हस्तान्तरण गरेको हो । 

नेपाल, चीन र यूएनएफपीएबीच दक्षिण–दक्षिण साझेदारी पहलअन्तर्गत चीन सरकारबाट उपलब्ध उक्त किट सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रदान गरिएको हो  । 

तीन करोड ४ लाख ८० हजार मूल्यबराबरका ती पीपीई  किटमा सर्जिकल मास्क, एन–१९  मास्क,  फेस  सिल्ड,आइगगल्स्,हेड एन्ड शुकभर्स,लंग स्लिभ इम्पर्भियस गाउन्स, डिस्पोजेबल ब्याग्स एन्ड गम्बुट्स रहेका यूएनएफपिएद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  

स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले प्राप्त किट सही  र ठीक सयममा आइपुगेको बताए । 

‘यसले कोभिड–१९ को संक्रमणको प्रतिकार्यमा महत्वपूर्ण र  ठूलो सहयोग पुग्नेछ,’ उनले भने, ‘कोरोना रोकथाम र नियन्त्रण गर्न महत्वपूर्ण ती सामग्री सहयोग गरेकोमा यूएनएफपीए र चीन सरकारलाई विशेष धन्यवाद छ । 

नेपालमा कोभिड–१९ सङ्क्रमणको बढ्दो संख्या पुष्टि भएसँगै धेरै मानिसमा परीक्षण र उपचारको आवश्यकता भएकाले अग्रमोर्जामा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु महत्वपूर्ण भएको उनले बताए । 

‘यस समयमा उनीहरुको कार्यस्थलको वातावरणका साथै  स्वास्थ्य र मनोसामाजिक सम्बन्धी आवश्यकताहरुमा ध्यान दिनु पर्दछ,’ उनले भने । 

यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवन बचाउन अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको छ ।  

पिपिइकिट्सको अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोभिड–१९ कोे महामारीको दौरान क्वारेन्टाइनका महिला र किशोरीहरूको तत्काल सरसफाइ र संरक्षण आवश्यकतासम्बन्धी मर्यादा किट (डिग्निटी किट्स)   सरकार र स्थानीय संघ सस्थाको समन्वयमा यूएनएफपीएले प्रदान गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।  

ती किट्समा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग योग्य मासिक प्याड, र महिला तथा किशोरीहरुका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन् । 

यो पनि