मंसिर ०७, २०८१, शुक्रबार
               

डा. पुनको सन्दर्भमा अनर्गल प्रचार नगर्न आग्रह

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा पुनका सन्दर्भमा अनर्गल प्रचार नगर्न आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेएक सूचना जारी गर्दै पुनका सम्बन्धमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बंग्याएर मन्त्री भानुभक्त ढकालको नामसमेत मुछेर अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । 

मन्त्रालयले कोही पनि स्वास्थ्यकर्मीको मनोबल घटाउन काम नगरेको  उल्लेख गर्दै स्वास्थ्यकर्मीलाई सरकारले शतप्रतिशत भत्ता र २५ लाखको बीमासमेत व्यवस्था गरेकाले डा पुनका सन्दर्भमा सत्यतथ्य नबुझीकन अनर्गल प्रचारप्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउन आग्रह गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सहसचिव रघुराम विष्टले जानकारी दिए । 

यो पनि