बैशाख २१, २०८१, शुक्रबार
               

ट्विटबाटै स्वास्थ्यकर्मीलाई बधाई

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रधानमन्त्री केपी शर्माले उपचारमा संलग्न चिकित्सकलाई बधाई दिएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट संक्रमित युवती निको भएर घर फर्केपछि उनको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका हुन् । 

उनले ट्विटमार्फत युवतीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई बधाई दिएका हुन् । 

शनिबार उनले गरेको ट्विटमा भनिएको छ, ‘ कोरोना भाइरसबाट पूर्ण रूपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिनको उपचारपश्चात् युवती पूर्ण स्वस्थ भई घर फर्किएकी छन् । 

शनिबार कोरोनामुक्त भएर घर फर्किने युवती काठमाडौ‌ निवासी हुन् । कोरोनामुक्त भएपछि १९ वर्षीया युवती आज घर फर्किएकी छिन् । 

उनी कोरोनामुक्त भई घर फर्किएसँगै कोरोनामुक्त भएर फर्किनेको संख्या नेपालमा दुई पुगेको छ । उनीभन्दा अघि एकजना पूर्ण स्वस्थ भई घर फर्किएका छन् । 
 

यो पनि