जेठ ०४, २०८१, शुक्रबार
               

बागलुङमा पहिलो दिन १४ जनाको परीक्षण

रासस
चैत २८, २०७६

ADVERTISEMENT

गलकोट । बागलुङमा कोरोना सङ्क्रणको उच्च जोखिम बढेपछि सुरु भएको दु्रत परीक्षण (र्यापिड टेष्ट) को पहिलो दिन बिहीबार १४ को नमूना परीक्षण भएको छ । बुधबार साँझमात्रै स्वास्थ्य सेवा विभागको टोली र्यापिड टेष्ट किट  र अन्य सामग्रीसहित बागलुङ आएको थियो ।

सामग्रीसहित बागलुङ आएका स्वास्थ्य सेवा विभागका वरिष्ठ  मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेले बिहीबार बिहान बागलुङ, पर्वत र म्याग्दीका ल्याब टेक्निसियनसँग धवलागिरि अञ्चल अस्पताल बागलुङमा कोरोनाको नमूना परीक्षण गरेर बागलुङमा र्यापिड टेष्ट किटबाट कोरोना परीक्षणको सुरुवात गरेका थिए ।

धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले उच्च जोखिममा रहेको बागलुङमा र्यापिड टेष्ट सुरु गर्दा छिमेकी जिल्लाका ल्याब टेक्निसियनलाई समेत सहभागी गराइएको जानकारी दिए ।

पौडेलका अनुसार एक हजार जनाको दु्रत परीक्षण र्यापिड टेष्ट गर्ने किट, दुई थान अत्याधुनिक भेन्टिलेटर, १०० थान पर्सनल प्रोटेक्टिभ इक्वियुपमेन्ट (पिपीइ) र एक हजार थान मास्क सामग्रीसमेत महाशाखाको तर्फबाट ल्याएर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

टोलीले बिहीबार अञ्चल अस्पतालमा कार्यरत तीन ल्याब टेक्निसियन तथा स्वास्थ्यकर्मीको नमूनाका रुपमा कोरोना परीक्षण गरिएको थियो । अस्पतालका ल्याब टेक्निसियन सुरज बराल, स्वास्थ्यकर्मी देवप्रसाद घिमिरे र डिल्लीप्रसाद आचार्यको ¥यापिड टेष्ट गरी बागलुङमा कोरोना परीक्षणको सुरुवात गरिएको हो ।

नमूनाको रुपमा परीक्षण गरिएका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको थियो ।  किटको सहायताबाट कोरोना परीक्षण गर्दा १५ मिनटमै कोरोनाको नतिजा आउने छ । 

कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको नेतृत्वमा गठन भएको कमाण्ड पोष्टको बैठकले चैत २७ गतेदेखि २०७७ वैशाख १ गतेसम्म ८९३ जनाको कोरोना परीक्षण गर्ने गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए । 

हाल बागलुङमा दुई जना कोरोना भाइरसका सङ्क्रमित छन् । उनीहरूको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सरकारले जिल्लामा रहेका दुई सङ्क्रमित, तीनका परिवार, सम्पर्क सम्बन्धमा रहेका र अन्य विदेशबाट आएका शंकास्पद गरी ८९३ जनाको कोरोना परीक्षण गर्दैछ ।

दैलोमै राहत 
बागलुङ नगरपालिका–८ सिगानाकी ६५ वर्षीया ठुलीकान्छी नेपाली वडा कार्यालयमार्फत घरमै राहतस्वरूप चामल, दाल, नुन, तेल र साबुन पाउँदा दङ्ग परिन् ।

उनले भनिन्, ‘घरमै यसरी राहत आउला भन्ने लागेकै थिएन’, बुढेसकाल लागिसकेकी नेपालीले वडा कार्यालयले राहत दिने सूचना पाए पनि एक घण्टा पैदलमार्फत रहात लिन वडामा पुग्न नसक्ने अवस्थामा थिइन् ।

वडा कार्यालयले विपन्न तथा ज्याला मजदुरी गर्नेहरूका लागि लकडाउनका कारण हातमुख जोर्न निकै सकस भएको भन्दै बागलुङ जिल्लाका स्थानीय तहले धमाधम राहत वितरण गर्न थालेका छन् । 

लकडाउनबाट प्रभावित विपन्न परिवारलाई वडा कार्यालय सिगानाले नगरपालिका र वडा कार्यालयको संयुक्त कोरोना नियन्त्रण तथा राहत कोषको  रकमबाट हालसम्म सिगानाका नेपालीजस्ता ८५ विपन्नको घरमै राहत पु¥याएको वडाध्यक्ष राजन जिसीले जानकारी दिए । 

बागलुङ नगरपालिकाकाले कोरोना नियन्त्रण तथा राहतका लागि रु ५० लाखको कोष स्थापना गरेर पायक पर्ने स्थान तथा घरमै राहत वितरण गरेको छ । नगरप्रमुख जनकराज पौडेलका अनुसार नगरपालिकाका १४ वडामा हालसम्म एक हजार ५७० विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गरिसकेको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि