बैशाख २०, २०८१, बिहीबार
               

आजदेखि धुलिखेलमा कोरोना परीक्षण

रासस
चैत २३, २०७६

ADVERTISEMENT

काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस संक्रमणसम्बन्धी परीक्षण सेवा सुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना संक्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।
 
संक्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा. राजेन्द्र कोजूले बताए । ‘पर्याप्त पिपीइ परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएको हो’, उनले भने । उनका अनुसार अस्पतालमा आजबाट कोरोना संक्रमण परीक्षणको तयारी पूरा भइसकेको छ ।
 
वागमती प्रदेश सरकारले कोरोना संक्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत २० लाख रुपैयाँ उपलब्ध गराएको थियो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए ।
 
झाका अनुसार धुलिखेल अस्पतामा कोरोना संक्रमणको परीक्षण सुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका केही नागरिकलाई सहज हुनेछ । यसअघि राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौंको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण गरिँदै आइएको थियो । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि