मंसिर ०७, २०८१, शुक्रबार
               

आशंका गरिएका तनहुँका युवकमा देखिएन कोरोना सङ्क्रमण

रासस
चैत २०, २०७६

ADVERTISEMENT

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–६ पुरानो ऋषिङका ४८ वर्षीय लालबहादुर थापाको कोेरोना भाइरस (कोभिड —१९ ) नतिजा नेगेटिभ आएको छ । ज्वरो आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

सोमबार स्वाब सङ्कलन गरिएकोमा बुधबार प्राप्त भएको रिपोर्ट अनुसार थापामा कोरोना सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

दुई हप्ताअगाडि भारतबाट फर्किएका थापालाई ज्वरो आएको थाहा पाएपछि गाउँपालिकाले आइतबार परीक्षणका लागि पोखरा पठाएको थियो । उक्त दिन प्रतिष्ठानले उनलाई भर्ना नलिएपछि उनले प्रतिष्ठान प्राङ्गणमा रात बिताएका थिए । उनका बारेमा बारेमा विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि सोमबार प्रतिष्ठानले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि