मंसिर ०७, २०८१, शुक्रबार
               

सङ्क्रमितका आफन्तको ८४ प्रतिशत ‘कन्ट्याक ट्रेसिङ’ सम्पन्न

रासस
चैत १९, २०७६

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)का सक्रमितका ८४ प्रतिशत आफन्तकाे निगरानी (कन्ट्र्याक ट्रेसिङ) सकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएकाका परिवारका सदस्य, साथीको निगरानी (ट्रेसिङ) ८४ प्रतिशत सकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका  अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका सङ्क्रमित व्यक्तिका परिवारका १२ जनाको नमूना परीक्षण गरिएको छ । उनीहरूको रिपोर्ट आउन बाँकी छ ।

अन्य सङ्क्रमितका परिवारको नमूना परीक्षण गर्दा सबैको कोभिड–१९ नेगेटिभ आएको छ । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना र बागलुङमा १ जना सङ्क्रमितको उपचार भइरहेको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार अहिलेसम्म एक हजार १३३ को कोभिड–१९ परीक्षण गरिसकिएको छ ।

यसैगरी मोबाइल एपमा आएका सम्भावित लक्षणका आधारमा १२ जनामा ज्वरो र खोकी लागेकाले तिनीहरूको पनि नमूना परीक्षण गरिने उनले जानकारी दिए । बारामा निधन भएका एक जना दुर्घटना सम्बन्धी बिरामी भएको उनले बताए  ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि