बैशाख २४, २०८१, सोमबार
               

स्वास्थ्य सामग्री खरिदको विवादास्पद सम्झौता खारेज

नेपाल फ्ल्यास
चैत १९, २०७६

ADVERTISEMENT

काठमाडौँ । करौडौँको चलखेल गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनासँग सम्बन्धित सामग्री खरिदका लागि गरेको सम्झौता विवादमा परेपछि खारेज गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सम्झौता खारेज गरिएको बताए । उनले सम्झौता अनुसार आपूर्तिकर्ताले सामग्री ल्याउन नसकेका कारण सम्झौता खारेज गिरएको बताए । उनले सम्झौताअनुसार सामग्री नल्याएको ओम्नी ग्रुपलाई कालोसूचिमा राख्ने प्रकृया अघि बढाइएको जानकारी गराए ।

फागुन ३० मा टेन्डर आह्वान गरेर खरिद गर्न खोजिएकोमा टेन्डरमा कोही नआएपछि उच्चस्तरीय समितिको निर्णय अनुसार फास्ट ट्रयाकबाट खरिद प्रक्रिया अघि बढाइएको दाबी उनले गरेका थिए ।

ओम्नीसहितका १५ वटा कम्पनीले टेन्डर मिट गरेको जानकारी दिँदै उनले ओम्नीले पनि समयमा सामान नदिएपछि ओम्नीसँगको खरिद प्रक्रिया रद्द गरिएको बताए ।

आपूर्तिको जिम्मा पाएको सो कम्पनीले भने बमोजिम सामान ल्याउन सकेको थिएन । पहिलो किस्तामा सोमबार भनेजति सामान नल्याएको र बिहीबारसम्ममा दोस्रो लटको सामग्री पनि ल्याउन सक्ने अवस्था नदेखिएपछि सम्झौता रद्द गरिएको दाबी महानिर्देशकले गरे ।

स्वास्थ्य सामग्री खरिदमा लागि अब नयाँ प्रकृया थालिने भएको छ ।

 

यो पनि