जेठ ०४, २०८१, शुक्रबार
               

जुम्लामा ४०० विदेशी नागरिक

रासस
चैत १८, २०७६

ADVERTISEMENT

जुम्ला । जुम्लामा भारत र तेस्रो मुलुकबाट आएका नागरिक करीब ४०० पुगेका छन् । स्थानीय प्रशासनले सबै स्थानीय तहको सहयोगमा  जिल्लाभरि भारत र  तेस्रो मुलकबाट आएका व्यक्ति तथा तिनको अवस्थाका बारे तथ्यांक संकलन गर्न थालेको हो ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको नेतृत्वमा जिल्लामा रहेको कोभिड कमाण्ड नियन्त्रण टिमले स्थानीय तहको सहयोगमा जिल्लाको एकीकृत तथ्यांक सोमबार सार्वजनिक गरी  ३७१  भारत र १३  अन्य तेस्रो मुलुकबाट जुम्लीहरु जिल्लामा भित्रिएको जानकारी दिएको छ ।

तीमध्ये ७१ जना विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा  छन् ।  यसैगरी ४६ जना होम क्वारेनइनमा रहेको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा  रहेको छ ।

तीन हजारको तापक्रम जाँच

भारत अन्य मुलुक र नेपालका  विभिन्न जिल्लाबाट यस समयमा भित्रिएका तीन हजार ८७९ जनाको तापक्रमसहित विभिन्न हेल्प डेस्कमा स्वास्थ्य जाँच गरिएको छ ।

उनीहरुलाई हेल्थ डेस्क नाग्मा, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, जुम्ला विमानस्थल र  हिमा गाउँपालिकामा स्थापना गरिएका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिएकोे जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

संक्रमितसँगै जहाजमा उडेका युवक क्वारेन्टाइनमा

हाल संक्रमित भएका एक व्यक्तिसँग जुम्ला कनकासुन्दरीका एक युवक  नयाँ दिल्लीबाट जहाजा  सँगै आएको भन्ने थाहा भएपछि प्रहरीले खोजी गरेर पत्ता लगाएको छ । उनी अहिले होम क्वारेन्टाइनमा रहेको जानकारी प्राप्त भएको छ । 

उनी काठमाडौँमै रहेको र अहिले होम क्वारेन्टाइनमा बसेको पत्ता लागेको जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि