जेठ ०४, २०८१, शुक्रबार
               

हरेक मृत्युलाई कोरोनासँग नजोड्न आग्रह

नेपाल फ्ल्यास
चैत १७, २०७६

फाइल तस्विर
ADVERTISEMENT

काठमाडौं । हरेह मृत्युनलाई कोरोना भाइरससँग नजोडिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । 

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै कोरोना गाउँघरमा कसैको मृत्यु भयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामीसमेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । 

सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सबै मृत्युलाई कोरोना भाइरससँग जोडेर प्रचारप्रसार भएको भन्दै गुनासो गरे । 

‘नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको छ,’ उनले भने, ‘स्थानीय तथा समुदाय स्तरमा फैलिन पाएको छैन ।’

अन्य कारणले मानिसको मृत्यु भइरहेको बताउँदै उनले अहिलेसम्म मृत्यु भएकाहरुको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट नै आएको बताए । 

अन्य रोगका कारण भएको मृत्युलाई पनि कोरोनाकै कारण मृत्यु भएको भन्नाले असाध्यै त्रास असाध्यै भएको बताए । 

उनले कोरोना संक्रमण भइसकेपछि पनि ८० प्रतिशत मानिस सामान्य रुघाखोकी लागेको समयमा भन्दा पनि कम बिरामी भएको बताए । 

‘१५ प्रतिशतलाई अस्पताल भर्ना गर्नुनपर्ने तर औषधि खानुपर्ने हुने र बाँकी पाँच प्रतिशतलाई मात्र अस्पताल भर्ना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘हामी कहाँ गाउँगाउँमा फैलिएको छैन र यहाँ एक व्यक्तिबाट अर्कोमा फैलिएको पनि छैन ।’


कस्तो लाग्यो ?

यो पनि