जेठ ०४, २०८१, शुक्रबार
               

उपत्यकामा पाँच हजार अट्ने क्वारेन्टाइन बन्ने

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गठन गरेको क्वारेन्टाइनस्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले काठमाडौं उपत्यकामा पाँच हाजर अट्ने क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । 

सार्वजनिक क्वारेन्टाइनस्थललाई आवश्यक पर्दा तुरून्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने निर्णय गरेको कार्यदलका संयोजक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको सचिवालयले बताएको छ । 

साथै, सचिवालयले बैठकले उपत्यकामा कम्तीमा ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइनस्थल तत्काल निर्माण गर्न सम्बन्धित सबै निकाय संयुक्तरूपमा परिचालित हुने जानकारी दियो ।

त्यस्तै, बैठकले राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल तथा रंगशाला (टेन्टबाट निर्माण गर्न सकिनेसहित) मा क्वारेन्टाइनको लागि व्यवस्थापनको तयारीबारे विवरण पेस गर्न पनि मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

यो पनि