बैशाख २४, २०८१, सोमबार
               

स्वास्थ्य उपकरण खरिदमा बदमासी !

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

काठमाडौँ । अहिले कोरोना भाइरसले विश्वव्यापी सङ्कट निम्त्याएको छ । सङ्ख्यात्मक रूपमा कम देखिए पनि नेपाल पनि त्यसको जोखिमबाट मुक्त छैन ।

यो सङ्कटबाट देशलाई सहज अवतरण गराउनु सरकारको दायित्व हो । यतिबेला नागरिक सुरक्षासँगै उनीहरूलाई राहत दिन सरकारी निकाय क्रियाशील हुनुपर्छ । तर सरकारका पछिल्ला निर्णयहरू विवादमा पर्न थालेका छन् । जनस्वास्थ्य एवं स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण तथा सामानहरू खरिदमा प्रश्न उठेको छ ।

नेपाल फ्ल्यासलाई सरकारी निकायहरूबाटै प्राप्त विवरणका आधारमा दुई दिन लगाएर अन्तर्राष्ट्रिय बजारको तुलना गर्दा कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि खरिद गरिएका सामग्रीमा अस्वाभाविक मूल्य देखिएको छ । कतिपय सामग्रीको अलिबाबालगायतका विश्वमै चर्चित अनलाइन सपिङ कम्पनीहरूले दिएको मूल्यसूचि नै सरकारले लिन लागेकोभन्दा निक्कै कम देखिएको छ ।

नेपाल सरकारले खरिद गर्ने निर्णय गरिसकेको सामग्रीको मूल्य अन्तर्राष्ट्रिय बजारभन्दा सात गुणासम्म बढी भएको पाइएको छ । उच्च सरकारी स्रोतका अनुसार 'यो सानोतिनो डिल होइन' । सरकारले १० मिलियनभन्दा बढी अमेरिकी डलर अर्थात् सवा अर्ब रुपैयाँभन्दा बढीको सामग्री खरिद प्रक्रिया सुरु गरिसकेको छ ।

विश्व बजारको तुलना गर्दा 'एन ९५' मास्कको मूल्य औसतमा प्रतिगोटा डेढ डलर हाराहारीमा पर्छ । नेपाल फ्ल्यासले यो औसत मूल्य विश्वका दुई दर्जनभन्दा बढी कम्पनीको सूचिका आधारमा तय गरेको हो । त्यसमध्ये आधाभन्दा बढी चिनियाँ कम्पनीहरू रहेका छन् ।

अधिकांश चिनियाँ कम्पनीले यो मास्क १ दशमलव ७ डलरमा उपलब्ध गराउँछन् । ती कम्पनीका उत्पादन गुणस्तर प्रमाणित छन् । तर सरकारले यही मास्क ७ डलरमा खरिद गरेको छ ।यस्तो छ सरकारको नेगोसिएसनको मूल्यसूचि ।

यसैगरी डिस्पोजल जुत्ता कभर नेपाल सरकारले २ डलर प्रतिगोटा खरिद गरेको छ । चिनियाँ कम्पनीहरूले यो ० दशमलव ०३ डलरमै उपलब्ध गराउँदछन् । त्यसैगरी ० दशमलव २ डलर पर्ने ग्लोब्स १ दशमलव २ डलरमा खरिद गरिएको छ ।

यी सामग्री स्वास्थ्य क्षेत्रको सामान आपूर्तिमा राज गर्दै आएका विशाल पण्डितले सप्लाइ गर्दै छन् । उनले अरू कम्पनीको नामबाट यसपटक सामान सप्लाइ गर्न लागेका हुन् । यसअघि पण्डितले हस्पिटेक इन्टरप्राइजेज र बायोमेड इन्टरनेसनलबाट ठेक्का लिने गरेको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

सरकारले 'एन ९५' मास्क ८० हजार थान लिने भएको छ । कोरोना परीक्षणका लागि प्रयोग हुने किट्स ५० हजार थान ल्याउँदै छ । चिनियाँ बजारमा यसको मूल्य प्रतिकिट १० डलर पर्न आउँछ । तर सरकारले ३८ डलर खर्च गर्दै छ । २५ डलरको थर्मोमिटर ६५ डलरमा सप्लाइ हुँदै छ । १५ सय थान थर्मोमिटर अर्डर गरिएको छ ।

त्यसैगरी तीन डलरमा पाइने प्रोटेक्टिभ ग्लासेस (चस्मा) १८ डलरमा ल्याइँदै छ । चस्मा एक लाख थान ल्याउन लागिएको छ ।

यसैबीच चीनमा रहेका एक नेपालले स्वास्थ्यमन्त्रीलाई यो चलखेलप्रति सहमति जनाउँदै गम्भीर पत्र लेखेका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएको केन्द्रीय सदस्यसमेत रहेका नविन बिकले यस्तो पत्र पठाएका हुन् ।

चीनमा रहेका गैरआवासीय नेपालीको स्वाथ्यमन्त्रीलाई पत्र

माननीय स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकालज्यू,

स्वास्थ्य मन्त्रालय, काठमाडौँ, नेपाल

म नवीन बिक, विगत १५ वर्षदेखि चीनको गोन्जाउ सहरमा अन्तर्राष्ट्रिय व्यापार गर्दै बसेको छु । म एनआरएनए को केन्द्रीय सदस्य पनि हुँ, मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिन, त्यसैले केही कुराहरू लेख्दै छु । देशमा यस्तो महामारी फैलिँदै गरेको र देश पुरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नु भयो, त्यो जस्तो सराहनीय र पवित्र काम स्वास्थ्य मन्त्रालयको इतिहासमा सायदै अरू कुनै हुन्थ्यो होला ।

तर आज ठीक त्यसको विपरीत यो जत्तिको निच, अपवित्र र घृणित काम तपाईँ र तपाईँको मन्त्रालयबाट सायदै पहिला भएको छ । यो पाप तपाईँले रुद्री चण्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईँको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकि तपाईँले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भविष्यसँग खेलबाड गर्नु भएको छ । कोरोना टेस्ट गर्ने पिसिआर किटमा मात्रै १४ करोड ? चस्मामा १५ करोड ? गाउनमा मात्रै ११ करोड ? मैले त यहाँ केवल केही सामानको मात्र आँकडा छुट्ट्याएको छु, बाँकी त कति छन् छन्, किन यस्तो गर्नु भयो ? मन्त्रीज्यू ?

नेपालको कुनै पनि सङ्घसंस्था र प्रदेश सरकारले यी समानहरू मगाउन परेमा म निम्नलिखित मूल्यमा सामान दिन तयार रहेको छु ।

मेरो सम्पर्क नम्बर +86 18620758858 व्हाट्सअप, विच्याट

Email: [email protected]

सरकारले खरिद गर्ने सामग्रीको अन्तराष्ट्रिय बजार मूल्य विश्लेषण गर्ने प्रयास नेपाल फ्ल्यासले गरेको थियो । त्यसक्रममा केही सामग्रीको प्रतिनिधिमूलक मूल्य यस्तो छ । फोटोमा हेर्नुहोस् :

यो चिनियाँ कम्पनीले उत्पादन गरेको ग्लोब्स कम्तीमा एक हजारवटा खरिद गर्दा प्रतिगोटा ० दशमलव ०३ डलर पर्न आउँछ ।यो ग्लोब्स प्रतिबक्स १८ डलरमा उपलब्ध छ । एउटा बक्समा एक सय पिस हुन्छ । कम्तीमा १८०० बक्स अर्थात एक लाख ८० हजार पिस खरिद गर्नु पर्छ यो ग्लोब्स प्रति पिस शुन्य दशमल १२ डलरमा उपलब्ध छ ।अलिबाबाले यो ग्लोब्स शुन्य दशमलव ०५५ मा उपलब्ध गराएको छ ।यो ग्लोब्स पनि शुन्य दशमलव ११ डलरमा उपलब्ध छ ।

यो माक्स ४० पिसको ४४ दशमलव १२ डलरमा उपलब्ध छ ।

यो पनि