जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना विशेष अस्पतालमा एकको मृत्यु

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

काठमाडौं । बुटवल धागो कारखानामा सञ्चालित कोभिड–१९ विशेष अस्पतालमा उपचाररत ३५ वर्षीय युवकको निधन भएको छ । 

रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा पाल्पाका ३५ वर्षका युवकको निधन भएको हो । उनी संयुक्त अरब इमिरेट्स (युएई)बाट काठमाडौं आएका थिए । 

उनी चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए । 
उनी काठमाडौंबाट बस चढेर चैत ७ मा बस चढेर रुपन्देहीको सैनामैना गएका थिए । 

सुरुमा उनलाई ज्वरो आएपछि उनी बाहिर सामान्य परीक्षणपछि अस्थाइ अस्पताल भर्ना भएका थिए । उनको स्वाब आज मात्र परीक्षणका लागि काठमाडौं पठाएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले निधन भएका युवक कोरोनाकै कारण निधन भएको वा होइन भन्ने पुष्टि भइनसकेको बताए । 

तर, उनमा कोरोना छ वा छैन भनी नमुना परीक्षणका काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला ल्याइए पनि उनको स्वाब अहिलेसम्म परीक्षण भएको छैन । 


कस्तो लाग्यो ?

यो पनि