बैशाख २५, २०८१, मंगलबार
               

हुम्लामा भारतबाट फर्केकालाई गाउँलेले राखे क्वारेनटाइनमा

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

काठमाडौं । हुम्ला खर्पुनाथका बासिन्दाले भारतबाट आएकाहरुलाई क्वारेनटाइनमा राखेका छन् । 

खार्पुनाथ गाउँपालिका वडा नम्बर १ र ३ का दुईजनालाई घरपरिवारको सहमतिमा गाउँलेले गाउँभन्दा केही परको घरमा क्वारेन्टाइनमा राखेका हुन् । 

कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा भारतबाट आएका दुईजनालाई उनीहरुले छुट्टै घरमा क्वारेन्टाइनमा राखेका गाउँपालिकाले जानकारी दिएको छ । 

उनीहरु भारतमा कोरोना संक्रमण फैलिएको भन्दै स्वदेश फर्की हुम्ला पुगेका हुन् । उनीहरु रोजगारको सिलसिलामा उनीहरु भारत पुगेका थिए । 

खार्पुनाथ गाउँपालिकाले सावधानीका लागि उनीहरूलाई १४ दिनसम्म सोही स्थानमा राखिने बताएको छ । 
 

यो पनि