जेठ ०२, २०८१, बुधबार
               

विश्वसनीय नदेखिएपछि बाटोमै रोकियो चीनबाट पठाएको कोरोना किट्स

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

चिनियाँ कम्पनीले उत्पादन गरेको नयाँ कोरोना भाइरस परीक्षण गर्ने किट्सको विश्वसनीयतामा अन्तर्राष्ट्रियस्तरमा प्रश्न उठिरहेकोबेला नेपाल पठाउने भनिएको दुई हजार थान किट्स नआउने भएको छ ।

तातोपानी भन्सार नाका हुँदै पठाउन लागिएका ती किट्स नपठाउने जानकारी चिनियाँ अधिकारीहरूले नेपाललाई गराएका छन् ।

स्वास्थ्य सामग्रीको गुणस्तरमा प्रश्न उठेपछि नेपालका लागि हिँडेको सामाग्री बीचमै रोकिएको हो । चीनले पठाउने किट्स लिन तातोपानी भन्सारमा स्वास्थ्य र कृषिका नेपाली कर्मचारी गइसकेका थिए ।

चीनको बेइजिङ साभान्ट बायोटेक्नोलोजीले २ हजार वटा कोरोना संक्रमण पत्ता लगाउने किट्स नेपाली दूतावासलाई उपलब्ध गराएको थियो । तिनै किट्स नेपाल पठाइएको थियो ।

कतिपय चिनियाँ कम्पनीको किट्सको विश्वसनीयता ३० प्रतिशतमात्रै देखिएको छ । स्पेनले चिनियाँ कम्पनीको किड्समा फिर्ता गर्ने निर्णय गरिसकेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि