बैशाख १७, २०८१, सोमबार
               

स्पेनमा देखियो कोरोना परीक्षण गर्ने चिनियाँ किट्समा समस्या

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

काठमाडौँ । स्पेनमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको बेला कोरोना परीक्षणका लागि चिनियाँ कम्पनीले उत्पादन गरेको किट्सबारे प्रश्न उठेको छ ।

स्पेनका सञ्चारमाध्यमहरूले चिनियाँ कम्पनीको किट्स प्रयोगमा सरकारले रोक लगाएको समाचार प्रकाशित गरेका छन् । शोधकर्ताहरूले ती किट्सहरु विश्वसनीय नरहेको बताएपछि राजधानी मेड्रिडमा त्यो किट्सबाट हुने परीक्षण निषेध गरिएको छ ।

स्पेनको अनुसन्धान संस्था एसइआइएमसीले चीनको बायोइजी बायोटेक्नोलोजीको किट्सको विश्वसनीयतामा प्रश्न उठाएको हो ।

स्पेनमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ हजार ३ सय ६५ जनाको मृत्यु भइसकेको छ । झण्डै ५८ हजार जनामा संक्रमण भएको छ ।

स्पेनले सो कम्पनीसँग ३ लाख ४० हजार थान किट्सको मगाएको थियो । त्यहाँको स्वास्थ्य मन्त्रालयले ती किट्स परिवर्तनका लागि निर्देशन दिइसकेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि