बैशाख २६, २०८१, बुधबार
               

संघद्वारा कोरोना उपचारमा संलग्न चिकित्सकलाई सुरक्षा उपकरण माग

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमणको उपचारमा संलग्न चिकित्सिकलाई सुरक्षा उपकरण माग गरेको छ ।

संघले सरकारसँग शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्नो ज्यानको बाजी लगाउँदै उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई आधारभूत सामग्रीको माग गरेको हो । 

साथै, संघले कोरोना संक्रमणको उचचारमा खटिएका चिकित्सकप्रति जिम्मेवार निकायका व्यक्तिले हल्का टीका टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ ।

नेपालका चिकित्सकहरु कोरोना भाइरस रोकथाम र उपचारका लागि तयार रहेको उल्लेख गर्दै संघले आधारभूत सुरक्षा सामग्री सरकारले उपलब्ध गराउनुपर्नेमा संघले जोड दिएको छ । 

संघले कोरोना संक्रमितको उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मी ठूलो संख्यामा संक्रमित भएका उल्लेख गर्दै विश्व स्वास्थ्य संगठनले सिफारिस गरेबमोजिम सुरक्षा सामग्रीको व्यवस्था गर्न माग गरेको छ ।

साथै, संघले संक्रमणको जोखिम मोल्दै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको जीवन विमा, स्वास्थ्य विमा र विशेष विमाको व्यवस्था गरी मनोबल बढाउन सरकारसँग माग गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि