कात्तिक ३०, २०८१, शुक्रबार
               

कोभिड–१९ पोजिटिभ देखिएकी भगवती रानाभाट डिस्चार्ज

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

कोभिड–१९ पोजिटिभ देखिएकी भगवती रानाभाट डिस्चार्ज भएकी छिन् । 

लन्डनमा कोरोना संक्रमित नेपाली भगवती रानाभाट उपचारपछि निको  भई डिस्चार्ज भएकी हुन् । 

‘चिकित्सकहरुको बैठकपछि उनलाई डिस्चार्ज गर्ने निर्णय भएको रहेछ । अहिले हामी एउटै घर तर बेग्लै कोठामा छौँ,’ उनका पतिले भने, ‘उनी पूर्ण रुपमा स्वस्थ छिन् ।’

कोभिड–१९ पोजिटिभ देखिएपछि गत शुक्रबार उनी अस्पताल भर्ना भएकी थिइन् । 

अस्पतालले श्रीमानसहित छोराछोरीलाई घरमा ‘सेल्फ आइसोलेसन’ मा बस्न भनेको थियो । 

सुरुमा उनलाई उच्च ज्वरो आएको, तर, औषधिले निको नभएपछि अस्पताल लगिएको उनका श्रीमानले जानकारी दिए । 
 


कस्तो लाग्यो ?

यो पनि