बैशाख २९, २०८१, शनिबार
               

कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु, तीन जनामा सङ्क्रमणको पुष्टि

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा एक गैरआवासीय नेपालीको मृत्यु भएको छ ।

अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्‍वीन्समा बस्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (सुब्बा) को मृत्यु भएको हो । उनको एल्महर्ष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको सञ्चारकर्मी सुवास अर्यालले जानकारि दिएका छन् ।

पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिका थिए । उनका २ छोरा १ छोरी र श्रीमती अमेरिकामै आएका छन् । उनी मधुमेह र उच्च रक्तचापका विरामी पनि थिए ।

अमेरिकामा अन्य तीन जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । न्युयोर्क राज्यको कुइन्समा बस्ने ४७ र ५५ वर्षका दुईजना नेपालीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । अर्का एक जना भने भर्जिनियाको फेरफाक्स बस्ने ३८ वर्षीया महिलालाई संक्रमण भएको हो । तीमध्ये एक जनाको कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि