जेठ ०९, २०८१, बुधबार
               

रक्तदानका कार्यक्रम स्थगित नगर्न अनुरोध

रासस
चैत ०९, २०७६

ADVERTISEMENT

कास्की । कोरोना भाइरसको सम्भावित जोखिमलाई  उच्च ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा  रगतको  अभाव देखिएको थियो ।

अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले जनाएको छ । रगत अभाव भएपछि विभिन्न संघसंस्थाले आकस्मिक कार्यक्रम आयोजना गरेका थिए । 

यहाँ प्रदेशका ११ वटै जिल्लाबाट उपचारका लागि आउने बिरामीको गर्दछन् । यहाँ ‘रिफरल अस्पताल’ समेत रहेका छन् ।  यहाँ दैनिक ७० युनिट रगत माग हुने गरेको बताइएको छ ।

यही चैत १५ गतेसम्मका लागि विभिन्न संघसंस्थाको आयोजनामा गरिने रक्तदान कार्यक्रमको तालिका रहेकाले त्यस्ता कार्यक्रमलाई स्थगन नगर्न केन्द्रले आग्रहसमेत गरेको छ ।

केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले सम्भव भएसम्म नियमित रक्तदानका कार्यक्रम हुनुपर्ने बताए । उनले भने, ‘गत हप्ता पाँच वटा कार्यक्रम स्थगित हुँदा बजारमा रगतको अभाव भयो, अहिले १५ गतेसम्मलाई क्यालेडरमा छ । कोरोनाको जोखिमले वार्षिक कार्यक्रम स्थगित नगर्नुहोस् भनेका छौँ, आवश्यकता हेरेर रक्तदान गरे सहजरूपमा मागको पूर्ति हुने अवस्था छ ।’

शनिबार पोखरामा दुई संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ९५ युनिट रगत संकलन भएको छ । विशाल को–अपरेटिम संस्था लिमिटेडको कार्यक्रमबाट ६१ युनिट तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा–८ ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३४ युनिट संकलन भएको छ ।

सोसाइटीले रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणसहितको बस सञ्चालनमा ल्याएपछि बसभित्रै रक्तदान गर्ने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि