बैशाख २५, २०८१, मंगलबार
               

बुटवलमा पनि एक सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण सुरु

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

सरकारले कोरोना भित्रिन नदिनका लागि एक पछि अर्को गर्दै कडाइ गइरहेका बेला अस्थायी अस्पिटल  बन्ने क्रमले पनि निरन्तरता पाएको छ । 

चितवनको भरतपुरमा ७२ घन्टाभित्र ७० शैय्याको हस्पिटल निर्माण कार्य सम्पन्न भएसँगै कोरोना भाइरस संक्रमितको उपचारका लागि बुटवलमा एक सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण शुरु भएको छ ।

अस्पताल शनिबारसम्म सञ्चालनमा ल्याउने गरी निर्माण कार्य सक्ने गरी बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा अस्पताल बनाउन थालिएको हो ।

बुटवल उप-महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल उपमहानगरपालिका १० मा बन्द अवस्थामा रहेको धागो कारखानाको भवनमा उक्त अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । 

हस्पिटल बनाउनका लागि नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय युवा काममा खटिएका छन् ।

बुटवलमा कोरोना भाइरसको संक्रमण नभए पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी दैनिक चार÷पाँच गरेका प्रदेश ५ स्वास्थ्य निर्देशक डा विनोद गिरी बताए । 

यो पनि