जेठ ०५, २०८१, शनिबार
               

कोरियामा ६० विदेशी कोरोनाबाट संक्रमित, कुन देशका कति ?

रासस
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । दक्षिण कोरियामा कोभिड– १९ बाट सङ्क्रमित विदेशीको सङ्ख्या ६० नाघेको छ ।

कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै (३८) सङ्क्रमित छन् । दोस्रामा अमेरिकी(सात) छन् ।

त्यस्तै भियतनामी, मङ्गोलियाली, थाइल्याण्डवासी, अष्ट्रेलियाली र अर्जेन्टिनी दुईदुई  जना सङ्क्रमित छन् ।

यसैगरी जापानी, इण्डोनेशियाली, मलेसियाली, उज्वेकिस्तानी र पोल्याण्डवासी एकएक सङ्क्रमित रहेको तथ्याङ्क कोरियाली सरकारले सार्वजनिक गरेको छ ।

हालसम्म कोरियामा रहेका कुनै पनि नेपालीलाई कोभिड–१९ को सङ्क्रमण नभएको दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए ।

कोरियामा कोभिड–१९ को सङ्क्रमणबाट ७५ जनाको ज्यान गइसकेको छ भने हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या आठ हजार १६२ पुगेको  छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि