बैशाख २५, २०८१, मंगलबार
               

भारतमा कोरोनाका कारण थप एकजनाको मृत्यु

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

काठमाडौं । भारतमा कोरानो भाइरसको सङ्क्रमका कारण अर्का एकजनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले राजधानी नयाँ दिल्लीमा शुक्रबार राति ६८ वर्षीया महिलाको मृत्यु भएको जनाएको छ ।  

भारतमा यसअघि अर्का एकजनाको पनि कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले बताएका छन् । नयाँदिल्लीमा अरु ६ जना कोरोना भाइरस सङ्क्रमित भएका बताइएको छ ।

गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको घोषणा गरिएको थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको जनाइएको छ। पहिलो मृत्यु हुने व्यक्ति पनि महिला नै रहेको र ७६ वर्षीया रहेको अधिकारीले बताएका छन् । 

ती व्यक्ति साउदी अरबको भ्रमण गरेर आएकी पाइएको छ।  दुई जनाको मृत्यु हुँदासम्म भाइरसमा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि