जेठ ०८, २०८१, मंगलबार
               

कुमरखोदमा कोरोना हेल्थ डेक्स

रासस
फागुन २६, २०७६

ADVERTISEMENT

झापा । दक्षिणी झापाको नेपाल–भारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड–१९) स्वास्थ्य सहायताकक्ष (हेल्थ डेक्स) स्थापना गरिएको छ ।

झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सो कक्षको शुभारम्भ गर्दै भाइरसको जोखिम हुन नदिन सबै सचेत हुन र सरसफाइमा ध्यान दिन आग्रह गरिन्  ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले सो भाइरसको जोखिम रोक्न कक्ष स्थापना गरिएको जानकारी दिए ।

सो कक्षमा दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।  भारतले पनि डिगलबैंकमा सो कक्ष स्थापना गरिसकेको जनाइएको छ ।  

सो भाइरसबारे सचेतना फैलाउन दुवैतर्फका स्वास्थ्यकर्मीले अनुभव आदान–प्रदानसमेत गरेका छन् ।  

उच्च ज्वरो, श्वासप्रश्वासमा कठिनाइ र रुघाखोकी देखिएकालाई अस्पताल पठाइने व्यवस्था मिलाइएको शाखा प्रमुख विश्वकर्माले बताए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि