जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना सङ्क्रमणबाट बच्न हात धुने अभियान

रासस
फागुन २१, २०७६

ADVERTISEMENT

झापा । झापाको कमल गाउँपालिकास्थित विभिन्न विद्यालयमा कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गरिएको छ ।

अभियानअन्तर्गत विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले हात धोएको कार्यक्रम संयोजक सोम आचार्यले जानकारी दिएका छन्।

ग्लोबल स्यानिटेशन फण्ड-युएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्र झापाले सहजीकरण गरिरहेको पूर्ण सरसफाइ अभियानअन्तर्गत हात धुने अभियान सञ्चालन गरिएको उनले बताए।

“विद्यालयमा मात्र होइन, समुदायस्तरमा पनि अभियान सञ्चालन गरिएको छ”, उनले भने, “अभियानमा उत्साहजनक सहभागिता देखिएको छ ।”

कार्यक्रमले कोरोना भाइरसविरुद्ध सचेतना अभिवृद्धि हुँदै गएको विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले बताए । उनले भने, “जिल्लाव्यापीरूपमा सचेतनामूलक कार्यक्रम गछौँ ।”

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि