बैशाख २४, २०८१, सोमबार
               

दक्षिण कोरियामा कोरोना पीडित एक महिला डिस्चार्ज

रासस
फागुन ०५, २०७६

ADVERTISEMENT

एजेन्सी ।  दक्षिण कोरियामा कोरोना जीवाणु पीडित एक चिनियाँ महिला स्वस्थ  भएर अस्पतालबाट डिस्चार्ज  भएकी छन् ।   स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुईपटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु नभेटिएको  बताएका हुन् । 

दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण केन्द्र (केसीडीसी) का अनुसार कोरोना जीवाणुबाट पीडित भएको पुष्टी भएकी ती ३० वर्षीया चिनियाँ महिलालाई डिस्चार्ज गरिएको छ । उनी गत फेब्रुअरी ११ मा अस्पताल भर्ना  भएकी थिइन् । 

कोरियामा हालसम्म ३० जनामा कोरोना देखिएको छ । देशका विभिन्न अस्पतालबाट हालसम्म नौ जना डिस्चार्ज गरिएको छ । ती चिनियाँ महिला चीनको उहानबाट कोरिया आएकी थिइन् । अस्पतालबाट यसअघि एक जना ५४ वर्षीय पुरुष पनि स्वस्थ भएर डिस्चार्ज भएका थिए ।

दक्षिण कोरियामा कोरोना जीवाणुको सङ्क्रमण फैलिन नदिन उच्च सतकर्ता अपनाइएको छ । चीनको उहानबाट दक्षिण कोरियाले आफ्ना अधिकाँश नागरिकलाई उद्धार गरी कोरिया ल्याइसकेको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि