बैशाख १४, २०८१, शुक्रबार
               

तामाङ जातिको पहिचान झल्कने 'काइतेन' कला प्रदर्शनी (फोटो फिचर)

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । सिद्धार्थ आर्ट ग्यालरीले तामाङ जातिको कला र संस्कृति झल्कने कला प्रदर्शनी गरेको छ ।

कलाकार सुवास तामाङले तामाङ जातिको सदियौँदेखिको कला, संस्कृत र भेसभुसालाई पस्किएका छन् । 

बबरमहलस्थित आर्ट ग्यालरीमा शुक्रबारदेखि प्रदर्शनी सुरु भएको हो । काइतेन (इतिहास, स्मृति र पहिचान) नाम दिइएको कला प्रदर्शनी १८ दिन चलेर असोज १२ गते सकिने छ । कलाकार सुवासले तामाङ जातिको रहनसहन र ऐतिहासिक भेसभुसा तथा परम्परालाई आफ्नो कलाबाट न्याय गरेका छन् ।

पछिल्लो समयमा मौलिक कला, संस्कृति तथा भेसभुसा भुल्दै गएकोमा कला प्रदर्शनीले नयाँ पुस्तालाई आफ्नो पहिचानबारे स्मरण एवं जागरण गराउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा सिद्धार्थ आर्ट ग्यालरीका संस्थापक एवं आर्ट क्युरेटर संगीता थापा, त्रिभुवन विश्वविद्यालय मानवशास्त्रका प्राध्यापक डा. मुक्तसिंह तामाङ तथा आर्ट ग्यालरीका निर्देशक जस्टिन झाओले प्रदर्शनीले नेपाली समाजको एउटा पाटोको तस्बिर प्रस्ट गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।

कार्यक्रम अवलोकन गर्न पुगेका पूर्वमन्त्री बुद्धिमान तामाङले जंगबहादुर राणायताको तामाङ जातिको कला तथा संस्कृतिलाई कलाकारले उतारेको टिप्पणी गरेका थिए ।   

यो पनि