बैशाख २४, २०८१, सोमबार
               

कोभिड–१९ विरुद्धको खोप अभियान – (फोटो फिचर)

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ भएको छ। बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् । यसै क्रममा पाटन अस्पतालका डा पारसकुमार आचार्यले कोभिडविरुद्धको पहिलो खोप लिएका छन् ।

प्रधानमन्त्री ओलीले शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइदैछ । 

नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदै छन् । नेपालमा पहिलो पटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन्। भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो । 

‘कोभिशिल्ड’ खोपको शुभारम्भको केही तस्बिरहरू

 


कस्तो लाग्यो ?

यो पनि