काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका प्राध्यापक डा. जयन्तनाथ खनाल आफ्नो व्यवसायिक कर्ममा जति अब्बल छन्, उत्तिकै विश्व परिवेश र नेपाली राजनीतिक एवं सामाजिक क्षेत्रमा पनि चासो र जानकारी राख्ने गर्दछन् ।
विश्वविद्यालय प्राध्यापक प्राज्ञिक समूहको अध्यक्षसमेत रहेका खनाल मुख्यतया जनसरोकारका मामिलामा आफ्ना दर्बिला धारणा राख्ने गर्दछन् । कहिले लेख रचनामार्फत त कहिले सामाजिक सञ्जालबाट उनले आफ्ना मान्यता राख्ने गरेका छन् । उनका अधिकांश धारणा जनपक्षीय र मननीय हुने गरेका छन् ।
डा. खनालका १० ट्वीट
अमेरिकी चुनावपछि नवनिर्वाचित राष्ट्रपतिका अभिव्यक्तिलाई नेपाली नेतासँग तुलना गर्दै खनालले लेखेका छन् :
डेमोक्र्याट बिडेनले रिपब्लिकन ट्रम्पको जवाफमा हामी शत्रु होइनौ प्रतिपक्षी हौ भनिरहेका छन् तर हामी आफ्नै पार्टीमा एकाअर्कालाई जाली, झेली, फटाहा, हुल्लडवाज, सडक छाप जस्ता तुच्छ वचनले आरोप प्रत्यारोप गरिरहेका छौ ! संविधानमा लेखेर मात्र हुदैन संसारले लोकतान्त्रिक मान्न संस्कार पनि चाहिन्छ !
डेमोक्र्याट बिडेनले रिपब्लिकन ट्रम्पको जवाफमा हामी शत्रु होइनौ प्रतिपक्षी हौ भनिरहेका छन् तर हामी आफ्नै पार्टीमा एकाअर्कालाई जाली,झेली,फटाहा,हुल्लडवाज,सडक छाप जस्ता तुच्छ वचनले आरोप प्रत्यारोप गरिरहेका छौ!संविधानमा लेखेर मात्र हुदैन संसारले लोकतान्त्रिक मान्न संस्कार पनि चाहिन्छ!
— Jayant Nath Khanal (@jayant_n_khanal) November 8, 2020
नेकपा विवादको सन्दर्भमा
तीन पुर्व प्रम र दुई पुर्व उपप्रमको गरिमामय उपस्थिति रहेको नेकपाका कार्यकारी अध्यक्षबाट बोलाइएको सचिवालयको अनौपचारिक बैठकले अर्का अध्यक्ष तथा बहालवाला प्रमलाई औपचारिक बैठक बोलाउन अनुरोध गर्ने निर्णय गरेछ ! क्रान्तिकारीहरुले बहादुरीका साथ चिसो पानीले नुहाउन स्वीकार गरेको अवस्था !
नेपालको नामको सन्दर्भमा
नेपाल एक प्राचीन तथा दक्षिण एशियाको जेठो मुलुक हो ! नेपाल शब्दले देशलाई शाह, मल्ल, लिच्छवी, किरात, गोपाल बंश हुँदै ऋृषिमुनी र पौराणिककालसम्म जोड्छ ! सरकारले नेपाल नामबाट संघीयता र गणतन्त्र शब्द हटाएकोमा अनेक काण्डमा निदाउने प्रमुख प्रतिपक्ष भने बिउझेछ ! हन, यी विपिका कि बिजेपिका अनुयायी हुन् ?
नेकपाबारेमा खनालले पुन: लेखेका छन् :
कार्यकर्ताको पार्टी फुट्ने पीर देखेर ताज्जुब लाग्छ ! न हिजो साविक पार्टीका नेता स्वेच्छाले एक भएका थिए, न फुटाउने हैसियतमा छन् !नेपालमा नेकपाको मात्रै होइन, प्रायः नाम चलेका पार्टीको एकता वा विभाजनमा उत्तर र दक्षिणका देव, देवीको हानाथाप हुन्छ ! हारजित उनको हो, अरुले खुसी, दुखी हुने काम छैन !
भारतीय नेता र पशुपतिनाथबारे
भारतीय नेता तथा पदाधिकारी जो आए पनि पशुपतिनाथ पुग्छन् र शीर निहुर्याउछन् ! बरु दुनियाँ चकित पार्ने परिवर्तन ल्याउने हाम्रा नेताहरु आमजनतालाई चकित पार्नेगरी कहिले पशुपति पुगेको देखिएको छैन ! शायद तिनका निम्ति हरेक उच्च पदस्थ भारतीयनै शीर झुकाउनेदेखि नाक रगड्नेसम्मका पशुपतिनाथ हुन्!
नि:शुल्क खानाबारे
गरिबलाई खुलामञ्चमा खाना खुवाउने अभियन्ताहरुलाई विद्या सुन्दरले काठमाडौंलाई मगन्तेको शहरको रुपमा विश्वमा नचिनाउन आग्रह गरेछन् ! यस्तो निवेदन उनले नेपालको परिचय मगन्ते देशको रूपमा नबनाउन आफ्नो नेतालाई पनि गरेको भए हुने ! मल पैचो माग्दा नपत्याउनेहरुको चामलको भात खानेका सामु कत्रो फुर्ती !
नि:शुल्क खाना र उपचारको सन्दर्भमा
समाजवादउन्मुख राज्य व्यवस्था ! संविधानमा खाद्य तथा स्वास्थ्य सम्बन्धी मौलिक हक समेतको उल्लेख छ ! तर गरिबलाई नि:शुल्क खाना खुवाउने अभियान जिम्मेवार निकाय महानगरपालिकाले रोक्छ र सरकारी अस्पताल स्वयं कोरोना उपचारको शुल्क तोक्छ ! अनि यो सार्वभौमसत्ताका मालिक जनताले बनाएको संविधान रे ! इस् !
महामारीमा सत्ता खेलबारे
बेलायत, फ्रान्स, जर्मनी जस्ता देशले बढ्दो महामारी रोक्न अनेक उपाय अपनाउदै छन् ! जनसंख्याको अनुपातमा नेपालमा संक्रमण दर पनि भयावह भैसक्यो ! तर नेपालमा सत्तारूढ दलको सम्पूर्ण ध्यान खाली सत्ताको लुछाचुडीमा छ ! भोक, रोग र शोकसँग लडिरहेका जनता कतै सडकमा निस्केर चुनाव अगावै चाउचेस्कु नबनाई दिउन् !
राष्ट्रप्रमुखको राजसी ठाँटबारे
चान्सलर एन्जेला मर्केल आफ्नो सामान आफै किन्छिन् ! उनी राज्यबाट तलब बाहेक कुनै सुविधा लिन्नन् ! हाल एक पत्रकारले सोधे- तपाईँको यो लुगा दस बर्षअघिको फोटोमा पनि छ, याद छ ? उनले भनिन- मेरो मिसन जर्मन जनताको सेवा हो, तिनको करमा मोडल हुने होइन, यो याद छ ! राष्ट्रपति र राष्ट्रभक्ति यस्तो पो हुनुपर्छ !
चान्सलर एन्जेला मर्केल आफ्नो सामान आफै किन्छिन्!उनी राज्यबाट तलब बाहेक कुनै सुबिधा लिन्नन्!हाल एक पत्रकारले सोधे-तपाईको यो लुगा दसबर्षअघिको फोटोमा पनि छ,याद छ?उनले भनिन-मेरो मिसन जर्मन जनताको सेवा हो,तिनको करमा मोडल हुने होइन,यो याद छ!
— Jayant Nath Khanal (@jayant_n_khanal) October 30, 2020
राष्ट्रपति र राष्ट्रभक्ति यस्तो पो हुनुपर्छ! pic.twitter.com/3j66dzTtPC
संस्कारबारे !
वर्तमान राष्ट्रपति तथा तत्कालीन राजा आफ्ना आमासँग दशैको टीका ग्रहण गर्दाको दुई दृश्य ! टिप्पणी-आआफ्नो संस्कार हो !
जहा छ त्यही लाउने आदेश दिने प्रम स्वयं भने टीका थाप्न बालुवाटारबाट शितल निवास पुगेको निको लागेन!यस्अधि राष्ट्रपतिको निवास बाहिरका गुरु,आमा,परिवारिक सदस्य र एडिसिहरुमा टीका आदानप्रदान भैसकेको छ!उपचार नपाए मर्न तयार गरिब जनताले यो असावधानीको ठूलो आर्थिक मुल्य चुकाउनु पर्ने हुनसक्छ! pic.twitter.com/gwh5HIwV5S
— Jayant Nath Khanal (@jayant_n_khanal) October 27, 2020