बैशाख १६, २०८१, आइतबार
               

रहस्यमै भण्डारी दम्पती हत्या प्रकरण, ६ महिने बालिकाको बिचल्ली

नेपाल फ्ल्यास
फागुन १९, २०७६

अस्पतालको बेडमा ममता
ADVERTISEMENT

कञ्चनपुर । सुन्दै सिरिङ्ग हुने झलारी हत्याकाण्डको यथार्थ अझै खुलेको छैन । गएको बुधवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ झलारी कलुवापुरमा भण्डारी दम्पतीपत्तीको विभत्स हत्या भएको थियो । ६ महिनाकी दूधे छोरी रुँदै गरेको अवस्थामा भेटिइएकी थिइन् । अस्पतालमा उपचाररत ती बालिका ममताको बिचल्ली भएको छ ।

भण्डारी दम्पतीबीच अनमेल विवाह भएको थियो । अहिले जयलाल भण्डारी ५२ वर्षका थिए भने श्रीमती धना मात्र २२ मा हिँड्दै थिइन् । जेठी श्रीमतीको क्यान्सरबाट निधन भएपछि जयलालले दोस्रो विवाह गरेका थिए । तर स्थानीयलाई यो विवाहबारे खासै थाहा थिएन । घटनापछिमात्र स्थानीयले यसबारे थाहा पाएका हुन् ।

प्रहरीले मृतक महिलाको पूर्वप्रेमी, आफ्नै छोरा र आफन्तलाई नै शङ्काको घेरामा राखेको छ । प्रहरीको प्रारम्भिक अनुमानमा यो घटना बदलाको भावनाबाट प्रेरित हुन सक्छ । त्यही कारण घटना विभत्स भएको अनुमान उसको छ ।

यो रहस्यमय हत्याकाण्डको यथार्थ पत्ता लगाउन प्रहरी अहिले कसरत गरिरहेको छ । प्रहरीले यो घटनाको अनेक कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ । तर घटना अझै रहस्यमै छ ।

प्रहरीले मृतक महिलाको पूर्वप्रेमी, आफ्नै छोरा र आफन्तलाई नै शङ्काको घेरामा राखेको छ । प्रहरीको प्रारम्भिक अनुमानमा यो घटना बदलाको भावनाबाट प्रेरित हुन सक्छ । त्यही कारण घटना विभत्स भएको अनुमान उसको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निरीक्षक कृष्णानन्द भट्टले घटनाको अनेक कोणबाट अनुसन्धान गरिरहेको बताए । उनले बहुकोणबाट अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

बालिकाका आफन्तका अनुसार धनगढीको मायामेट्रोमा लगेपछि बालिकाको टाउमा रगत जमेको छ । ममताको आइसियुमा राखेर उपचार भइरहेको छ । हत्याराले बालिकालाई समेत मार्न खोजेको आशङ्का गरिएको छ । 

प्रहरी निरीक्षक भट्टले धनादेवीका पूर्वप्रेमी, छोरा, दाजुभाइ एव आफन्त लगायतमाथि निगरानी बढाएको बताए । तर प्रहरीले अहिल्यै अभियुक्त यो हो भनेर किटान गर्न सकिने अवस्थामा नपुगेको जनाएका छ । यो हत्याकाण्डको यथार्थ पत्ता लगाउन प्रहरीले कुकुर प्रयोग गरेको छ । 

विवाह गरेको दुई वर्षमा जन्मिएकी छोरी ममताको स्नेह अहिले लुटिएको छ । ६ महिने दूधे बालिका ममताको अवस्था अझै चिन्ताजनक छ । उनको पनि टाउकोमा चोट भेटिएको छ । ममताको स्थानीय अस्पतालपछि धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । 

बालिकाका आफन्तका अनुसार धनगढीको मायामेट्रोमा लगेपछि बालिकाको टाउमा रगत जमेको छ । ममताको आइसियुमा राखेर उपचार भइरहेको छ । हत्याराले बालिकालाई समेत मार्न खोजेको आशङ्का गरिएको छ । 

महाकाली अस्पतालमा पोष्टमाष्टपछि शनिवार मृतक जललाल र धनादेवी भण्डारीको दाहसंस्कार समेत गरिएको छ । स्थानीय बनहरा नदीमा दाहसंस्कार गरेपछि दुवै छोराहरू किरिया गर्न डडेल्धुरा गएका छन् । त्यसपछि भण्डारी दम्पती मृत फेला परेकै दिनदेखि प्रहरीको पहरा दिएको घर सुनसान बनेको छ । 


कस्तो लाग्यो ?

यो पनि